घडियाल संरक्षणमा सरोकारवालाको जोड

सौराहा । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सामुदायिक अपनत्व मार्फत घडियाल संरक्षण कार्यक्रम वुधवार रत्ननगरको बछौली मा.विमा सम्पन्न भएको छ । विधालयमा विधार्थी मार्फत संरक्षणको भाव जगाउदा संरक्षणको पाटोमा प्रभावकारीता थपिने कार्यक्रमका वक्ताहरुले वताएका छन् ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहनु भएको थियो । मेयर वनले संरक्षणको क्षेत्रमा नगरपालिकाको तर्फवाट हरेक प्रकारको सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ ।

साहायक संरक्षण अधिकृत अभिनय पाठकले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टर सौराहा प्रमुख प्रकाश उप्रेती, राष्ट्रिय प्रकृति संरक्षणकोषका प्रमुख डा. वावुराम लामिछाने, विभिन्न संरक्षण क्षेत्रमा कृयासिल संघ संस्था, संरक्षणकर्मी लागयतको उपस्थित थियो भने कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →