चितवनको पहिलो रेडियो सिनर्जी एफ एम देखि २० औं वर्षमा प्रवेश

चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज बुधबार देखि २० औं वर्षमा प्रवेश गरेकोछ । रेडियो १९ वर्ष पुराभई २० औं वर्षका प्रवेश गरेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहन प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना समेत प्रदान गर्नुभएको छ ।
उहाँले एक विज्ञप्तीमार्फत स्थापनाकाल देखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको हो । बिज्ञप्ति मार्फत प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्दता ब्यक्त समेत व्यक्त गर्नुभएको छ । चितवनको लोकप्रिय रेडियो सिनर्जी एफ एमले यस क्षेत्रको सामाजिक र आर्थिक बिकासका लागि स्थापनाकाल देखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफ एमले आफ्नो भूमिका निर्बाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ । कोरोना भाईरस कोभिड १९ को समयमा समेत उचतम सतर्कताका साथ आफ्नो प्रशारणलाई नियमीत गरेको बताउदै उहाँले जस्तो सुकै परिस्थितीमा समेत जनताको सुसुचित हुने अधिकारलाई आफ्नो संस्थाले पहिलो प्राथमीकता राख्ने बताउनु भयो ।

रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोरोना भाईरस कोभिड १९ का कारण वार्षिकउत्समा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनु भएको छ । हामीले २० औं वर्षको प्रवेशमा अनलाईन र फोन बाट विभिन्न कार्यक्रम गरेका छौं । यस पटक कोरोना भार्ईरसका कारण स्रोता माझनै पुग्ने स्टुडियो बाहिर आयोजना गरीने कार्यक्रम गर्न सकिएन– पौडेले बताउनु भयो । हामीले फोन, म्यासेज र अनलाईन बाट स्रोताका प्रतिक्रियाहरु लिएका छौं । भावि दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै स्रोताकै अपेक्षा अनुसारको कार्यक्रम प्रशारण गरिने समेत उहाँले बताउनु भएको छ । यद्धपी रेडियोले बुधबार देवघाटको रामजानकी आश्रममा रहेका बालीकाहरु खाना खाना ख्वाउने कार्यक्रम राखेको छ ।

रेडियोले विगतमा वार्षिउत्सककै सन्दर्भ पारेर जन वहस कार्यक्रमको विशेष अंक, विद्यार्थीहरु विचको पब्लीक स्पिकिङ्ग च्याम्पियन, टोलटोलमा सिनर्जी, यमोसाको अवसरमा झम्टा ठेकरा नृत्यु कार्यक्रम गरेकोे थियो । यो संगै रेडियोले अहिले कोरोनाका कारण तिज गीत प्रतियोगीता, बाल दिवसको दिनमा हुने बाल कवि सम्मेलन, हिड्दा हिड्दै जस्ता कार्यक्रम पनि रोकेको छ । कोरोनाका कारण हामीले यी कार्यक्रमहरु अहिले गर्न सकेनौ आगामी दिनमा भने निरन्तारता दिने पौडेलले बताउनु भयो । जस अन्तर गत पब्लीक स्पिकिङ्ग च्याम्पियन सिजन २ को अडिसन सुरु हुदै गर्दा कोरोनाका कारण रोकिएको थियो ।

सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →