मृगकुञ्ज मध्यवर्तीमा नेकपाको सानदार जित,अध्यक्षमा घिमिरे निर्वाचित

चितवन । रत्ननगर ६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा दुर्गाप्रसाद घिमिरे निर्वाचित भएका हुन । इकाई नम्बर पाँचबाट विजयी भएका घिमिरे बहुमत प्राप्त गरी अध्यक्षमा चयन भएका हुन । मृगकुञ्जको कार्यसमिति चयनका लागि ९ वटा इकाइ संयोजकको निर्वाचन भएको थियो ।

नेकपा र नेपाली काँग्रेस बीच भएको प्रतिस्पर्धामा नेकपाले ८ वटा इकाइ जितेर अध्यक्ष सहित बहुमतको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हठन महतो,सचिवमा सागर मिश्र,कोषाध्यक्षमा संजय चौधरी र सदस्यहरुमा बुद्धिमान विक,भिखु महतो,नवराज श्रेष्ठ,ओमप्रसाद रिमाल र पूर्णप्रसाद ढुंगाना निर्वाचित भएका छन । ४ नक्बर इकाइबाट विजयी नवराज श्रेष्ठ नेपाली काँग्रेसका निकटका हुन भने अन्य सबै निर्वाचित नेकपाबाट निकटका हुन ।

निर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार नै चितवन निकुञ्जले प्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद घिमिरेले वन्यजन्तु संरक्षण र सामुदायिक विकासलाई संगसंगै अगाडि बढाउने बताए ।

संरक्षणलाई जनताको जीविकोपार्जनसंग जोडन नसके प्रभावकारी नहुँने भन्दै जैविक विविधता संरक्षणको लागि जनसहभागितालाई प्राथमिताका साथ अगाडि बढाउने उनले बताए । उनले संरक्षणलाई पर्यटन विकाससंग जोडेर स्थानीय समुदायको आयआर्जन बृद्धि गर्ने बताए । अध्यक्ष घिमिरेले निकुञ्ज र मध्यबर्ती बीचको सहकार्यलाई अर्थपूर्ण बनाउन बताए । राजनीतिक सहमति जुट्न नसकेका कारण विगत लामो समय देखि मृगकुञ्जको नयाँ कार्यसमिति चयन हुन सकेको थिएन । निरन्तरको प्रयासमा पनि सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि शनिवार निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →