मकवानपुर । संसारमा अनेकौं भाषाहरु छन । सबैका आ आफ्नै विशेषताहरु हुन्छन । त्यस्तै भाषामा पनि सबैको आ आफ्नै मौलिकता रहेको हुन्छ । भाषा एउटा मात्र यस्तो बस्तु हो । जसद्वारा मानिसको हरेक सुख दुस्ख एक आपसमा आदान प्रदान गर्न सकिन्छ । यसैगरी भाषाका क्षेत्रमा यदि हेर्ने हो भने संस्कृत भाषा भाषाहरुको जननिको रूपमा परिचित रहेको छ ।

आजको संसार विज्ञानले ढाकिएको छ । वैज्ञानिकले एउटा कुरा भने भनी त्यसैमा सबैको समर्थन हुन्छ । त्यसमा पनि नासाका वैज्ञानिक भने पछि कुरा नै सक्कियो । संस्कृत भाषामा लेखिएका धार्मिक ग्रन्थ एबम पुस्तकहरुमा ईश्वर छन् । धर्ममा लाग्ने गर, भन्दा नदेखेको कुरामा कसरी बिश्वास गर्नु, भए देखि भगवान् देखाउ भनेर कसैले वास्ता गर्दैनन् । तर एउटा वैज्ञानिकले हाइट्रोजन र अक्सिजन मिलेर पानी बन्छ र त्यहीँ पानी पिएर हामी बाँचेका छौ भन्दा हामी मख्ख पर्छौ । बास्तबिकता आज सम्म हामीले पत्ता लगाएका छैनौँ कि साँच्चिकै पानीमा हाइट्रोजन र अक्सिजन हुन्छ भनेर । तर कसैले सोधेमा भन्छौ ज्द्दइ तर बास्तबमा कसरी हो थाहा छैन । भन्नाले हामी पुरै पराश्रित छौँ ।

नेपालमा बसोबास गरेतापनि हामी अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशको बारेमा खोज गरेर यो स्थानमा यो छ भनेर कण्ठस्थ बनाउँछौँ । तर आफ्नै देशको भूगोलको बारेमा अनबिज्ञ छौ । इटालीको, रुसको सभ्यताको बारेमा जानेर मैले यो जाने भनेर उफ्रन्छौँ तर आफ्नै संस्कारको, संस्कृतिको, मूल्य र मान्यताको र प्राचीनताको कुरा गर्दा निस्मुल्य बन्न पुग्छौँ । यद्यपि कुनै विदेशीले उताबाट उच्च स्वरमा हामी त सबै कन्दमूल खाएर हुर्केका हौं ।

हाम्रा पुर्खाहरु बाँदर जस्तै थिए । फरक यत्तिको हो कि बाँदरको रौं शरीर भरी लामा लामा हुन्छन । तर हामी मानव जातीहरुको छोटा छन । हामी मानव जातीहरु र बाँदरमा फरक यति मात्र हो । तर हामीले यो
भनाइलाई विचार विमर्श नगरीकन स्विकार्छौं । यसको मतलब हामीले बिर्सिसकेका छौ । जसलाई सस्कृतमा यस्तो भनिएको छ ।

मत्स्यस् कूर्मो बराहो४थ नारसिंहश्च वामनस् । राम स् रामश्च कृष्णश्च बुद्धस् कल्किश्तथैव च । हामी भुल्न थाल्दछौँ कि हामी अनादि कालबाट यो भारत वर्षमा रहिरहेका छौँ । आज पनि हामी पूजा अर्चना गर्दा गोत्रको उच्चारण गर्दछौँ । त्यो यसर्थमा कि म ती ऋषिमुनिको वंशज हुँ । आज पनि हामीसँग ती ऊर्जा छन ।

आजको अबस्थामा हामी उत्कृष्ट व्यक्ति बन्ने चाहानामा दौडिरहेका छौँ । हामी आँफुलाई अंग्रेजीमा बोल्न नजान्दा र नजिकै कसैले अंग्रेजीमा कुरा गरिरहेको देख्दा बजारबाट अनेकौं अंग्रेजी बोल्न सहज हुने पुस्तकहरु खरिद गरेर ल्याउछौँ र पढ्छौं । बिहान हुँदा पहिले पहिले जय श्री राम , ॐ नमस् शिवाय , नारायण जस्ता भगवान् को नाम उच्चारण पूर्वक दिनको सुरुवात गरिन्थ्यो । बिस्तारै बिस्तारै त्यो परम्परा हटेर शुभ बिहानीमा आयो त्यो पनि हटेर अहिले त गुड मर्निङ्ग आउन थाल्यो । किन भन्दा सहजरूपमा हुने भएका कारणले गर्दा भन्छन् । अहिले त मातातीर्थ औशीको दिनमा ज्बउउथ mयतजभचुक म्बथ कुशै औशी अर्थात् बाबुको मुख हेर्ने दिनमा ज्बउउथ ाबतजभचुक म्बथ अरे । पाश्चात्य संस्कृतिलाई हामीले किन यत्तिको संरक्षण र महत्त्व दियौं । हामी आफैलाई थाहा छैन ।

भाषा हो सभ्यता हाम्रो, सारा उदय उन्नति । जित वैभव भाषामै रहन्छन् । जुन कुरा ति पछिसम्म इतिहासका रूपमा रहन्छन । उदाहरणका लागि
चङ्गाले ठान्छरे उड्दा धागो हो परतन्त्रता ।
धागाबाट मिले मुक्ति उड्थें माथि अझैँ म त ।
धागो चुँड्यो भने किन्तु रोकिन्छ उसको गति ।
चङ्गा समान हो मान्छे, बधागो पुर्खा र संस्कृति
फलस्वरूप यसरी भाषाको
अध्ययन अनुसन्धान गर्दै गर्दा, कुनै पनि देशको संस्कार, संस्कृति र सभ्यताको बारेमा ज्ञान हुन्छ । भनिन्छ, कुनै पनि देशको जाति , इतिहास, सभ्यता र संस्कृतिको नष्ट गर्नु छ भने सबै भन्दा सुरुमा भाषा नष्ट गर्नुपर्छ । सायद त्यसैले होला अनादि कालदेखि बोलि ने संस्कृत भाषालाई अरबी र अंग्रेजी भाषाले आक्रमण गरेर अंग्रेजी लादिदिए । अंग्रेजी भाषाको आफ्नै वर्ण एवम् व्याकरण व्यबस्था होला । तर सरल र सहज वर्णहरु रहेको संस्कृत भाषा संसारकै विशुद्ध भाषा हो । भाषा २ प्रकारका हुन्छन । लेख्य र कथ्य । संसारका सबै भाषाहरु लेख्य र कथ्यमा भिन्न हुन सक्छन । तर संस्कृत एउटा यस्तो भाषा हो । जसमा जे लेखिन्छ, त्यो बोलिन्छ र जे बोलिन्छ त्यो लेखिन्छ । आजको संसारमा तबपिष्लन कम्प्युटरको कुरा आँउदा संस्कृत भाषा नै उपयुक्त मानिएका छन । तबपिष्लन कम्प्युटरलाई कसैले ष् पलयध तजष्क भनेर बोल्यो भने कम्प्युटरले लेख्ने शब्द हुन्छ । ष् लय तजष्क जसको केही अर्थ हुँदैन । संस्कृत भाषामा यति धेरै शब्दकोष छन कि । रचनाकारले आफ्नो चाहना अनुसार शब्द चयन गरेर काव्य रचना गर्न सक्छन । संस्कृत जान्ने व्यक्तिले विश्वलाई घर मान्दछन । भने अंग्रेजी जान्ने व्यक्तिले विश्वलाई बजार मान्दछन् । यो शिक्षा र शिक्षाबाट प्राप्त सोचको अन्तरले गर्दा भएको हो । किनकि परिवारमा प्यार हुन्छ तर बजारमा व्यापार मात्र व्यापार । त्यसैले सस्कृतमा भनिएको छ ।
माता च पार्वती देवी पिता देवो महेश्वर स्
वान्धवास् शिवभक्ताश्च स्वदेशो भुवनत्रयम्।।
त्यसैले संस्कृत जानौँ र आफ्नो जीवन चरितार्थ बनाऔँ ।
ॐ जयतु संस्कृतम् । जयतु गुरुकुलम् ।

मन परेमा शेयर गरिदिनुहोला,धन्यवाद !

लेखक :सागर लामिछाने
           युवा पण्डित
अध्ययनरत देबघाट, महेश सस्कृत गुरुकुलम

Facebook Comments Box