जीवन र संघर्ष

चितवन ।  हामी सबैलाई थाहा छ जीवन संघर्षमय छ जीवन जिउँन धेरै गाह्रो छ । तर सत्य यो रहेछ की तपाईले जीवनलाई तपाई कसरि हेर्नुहुन्छ त्यहिँ देख्नुहुन्छ। गाह्रो भनेर जीवन जिउँन सजिलो हुने हैनरहेछ, संघर्षमय भनेर जीवनलाई सधै कठिन बनाउँनु भन्दा जीवन एक सुनौलो यात्रालाई अगाडी लैजानुस त्यो कहिल्यै अन्त्य हुदोरहेंनछ।

जीवनमा परिबर्तन आउनु भनेको चक्र रहेछ जुन चाहेर वा नचाहेर परिवर्तन हुने प्राकृतिक नियम रहेछ तर त्यस परिबर्तनलाई लिन सक्ने तरिकाले जीवन जिउँने तरिका भने फरक पार्दो नै रहेछ। त्यसले नै जीवनको यात्राको बाटो पनि तय गर्दोरहेछ जस्तो मलाई लाग्छ। हामी महान ब्यक्तिहरुको जीवनी पढ्न धेरै रुचि राख्छौ, तर आफ्नो सत्य किताब भने कहिल्यै पल्टाउन जमर्को गर्दैनौ किनकी हामी आँफुमा भन्दा अरुमा विश्वास राख्छौ तर यो एक सत्य हो ।

जब सम्म आँफैलाई विश्वास, माया र ईज्जत गर्न सकिदैन तब सम्म अरु कसैले तपाईलाई विश्वास, माया र ईज्जत कहिल्यै गर्दैन। भगवान बुद्धले भनेका छन की, संसारमा तिन कुरा लुकाउन सकिदैन। चन्द्र, सुर्य र सत्य, चन्द्र र सुर्य कसैले लुकाउन सक्दैन । यो प्रष्ट छ त्यस्तै जीवनका अनुभवहरु एक सत्य किताब हुनेछ । नसोच्नु जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज न त भोलि नै हुनेछ ।

विकासको गति बढ्दो छ । विकासका साथसाथै राग दोष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ। बस राग, दोष, मोह, लोभ, क्रोध, ईर्ष्या पछी नलाग्नुस र आँफ्नो सकरात्मक सोच परिचालन गरी जीवनमा सरल तरिकाहरू अपनाउनुभयो भने खुसीको पछाडि तपाईँ दौडन पर्दैन, खुसी तपाईँको पछि दौडेर आउनेछ ।

अन्ततः
जिवन त यउटा नथाक्ने यात्रा पो रहेछ सोच्नु होला, कुनै एक दिन कसैको कमजोरी औलाइदिनु भन्दा पनि कमजोरी को निकाश दिनु ठुलो कुरा मान्नुहुनेछ । र महत्त्वपूर्ण कुरा, हाँस्न नभुल्नु होला । जति धेरै हाँस्नुहुन्छ त्यति नै धेरै बाँच्नु हुन्छ । जीवनलाई फरक ढङ्गले हेर्नुभयो भने जीवन लाई बुझ्ने वातावरण सृजना हुन सक्छ ।

आफ्नो जीवनशैलीमा थोरै परिवर्तन गर्नुभयो भने तपाईं, तपाईंको परिवार, तपाईंको समाज र वातावरणलाई ठुलो सहयोग पुग्नेछ र जीवन सुखी र सफल हुनेछ। पेसागत रुपमा व्यावसायी तथा समाजसेबीको रुपमा रहेको छु । कोरोनाले गर्दा घेरै ब्यबसायीहरुको आत्मबल कमजोर भएको पाईएको छ । त्यसैले आफैँ आत्मबल जोड्न गाह्रो हुन्छ, आफन्त, नातागोता, छिमेकी, साथी भाइ, टोल समाजले ऊर्जा दिए भने कोरोनासँगको लडाईमा सबैको साथ भयो भने कोरोना विजय हासिल गर्न सकिने छ ।

मनपरेमा शेयर गरिदिनुहोला,धन्यवाद !

लेखक : सलिन घिमिरे
समाजसेबी तथा ब्यबसायी
माडी, ७ देबेन्द्रपुर बजार, चितवन

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →