“Help for needy people”अभियानको सुभारम्भ , पहिलो दिन प्रस्तुती सुनारलाई कोसेली स्वरुप खाद्य सामाग्री सहयोग

चितवन । चितवनका युबा सामाजिक अभियन्ताहरुले आज मंगलबार बाट “Help for needy people” नामक अभियान सञ्चालन गरेका छन ।

आज अभियानको पहिलो दिन रत्ननगर नगरपालिका वडा नम्बर १४ निवासी श्रीमानले छोडेर गएकी एकल महिला प्रस्तुती सुनारलाई सहयोग स्वरुप कोसेलीको रुपमा खाद्यान्न सामाग्री सहयोग गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले जानकारी दिनु भएको छ ।

सुनारको खुट्टामा चोट लागेर घाइते अवस्था र आर्थिक अवस्था पनि एकदमै कमजोर भएको कारण उहाँलाइ सहयोग स्वरुप कोसेली हस्तान्तरण गरिएको संयोजक भण्डारीले वताए ।

कोसेली हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी तथा अभियानका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको संयोजक भण्डारीले वताए । अभियान्ताहरुले यस अघि ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियान समेत सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →