बर्ड एजुकेसन सोसाइटी सौराहाको अध्यक्षमा रमेश चौधरी

दिपेन्द्र श्रेष्ठ

चितवन । बर्ड एजुकेसन सोसाइटीको आज (शनिबार) भएको २२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले रमेश चौधरीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

आज भएको अधिवेशनले सोसाइटीको उपाध्यक्षमा लोजिक कृष्ण श्रेष्ठ, सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा फुलेश्वर चौधरी, सह–सचिवमा चुडामणि चौधरी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा दिनेश गिरी, विष्णु महतो, राजेश चापागाईं, बलराम चौधरी, रामकृष्ण महतो र दिपा राउत रहनु भएको उपाध्यक्ष श्रेष्ठले वताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →