नमुना विद्यालय बन्ने अभियानमा बछौली मा.वि

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ६ बछौलीमा रहेको बछौली मा.वि चितवनको मात्रै नभएर बागमती प्रदेशको नै एक नमुना विधालयको रुपमा आफुलाई स्थापित गर्न लागि परेको छ ।

वि.सं २०१९ सालमा स्थापना भएको यस विधालयमा हाल कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने गरेको छ,भने सिटिभिटि अन्तर्गत होटल म्यानेजमेन्ट तर्फको अध्ययन अध्यापन समेत हुदै आईरहेको छ ।

केही समय अघि सम्म सुस्त गतिमा प्रगति गरेको यस विधालयले पछिल्लो समयमा उल्लखनिय प्रगति गरेको छ । विधालयलाई यस स्थान सम्म पुर्याउनको लागि विधालय व्यवस्थापन समितिका अध्यक्ष स्थानिय राममणि खनालको अतुलनीय योगदान रहेको स्थानियहरुले वताउने गरेका छन ।

काँग्रेस नेता एवं समाजसेवी खनाल स्थानिय स्तरमा निकै लोक प्रिय नेताको रुपमा समेत परिचित छन । समाज विकासको लागि राजनिति भन्दा टाढा वसेर उनले गर्ने योगदानको कारण पनि खनालको निकै चर्चा हुने गरेको छ । खनाल विधालय व्यवस्थापन समितिको ३ पटक सम्म सदस्य रहेर काम गरेको अनुभवले पनि उनको नेतृत्वमा विधालयले आफ्नो छुट्टै पहिचान वनाउन सफल भएको छ ।

खनाल अध्यक्षमा आए संगै विधालयमा भौतिक पूर्वाधार, कम्प्यूटर ल्याब ,अंग्रेजी माध्यममा कक्षा सञ्चालन ,प्राविधिक शिक्षा सञ्चालन लगायतका महत्वपुर्ण काम सम्पन्न भएका छन् ।

खनालका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै भुगोल सहाउँदो प्राविधिक शिक्षालाई नेपालकै केन्द्रविन्दु वनाउने, कक्षा १० सम्म अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने, नेपालकै नमुना विधालय वनाउने लगायतका लक्ष्य रहेको उनले वताए ।

खनाल लामो समय देखि नेपालकै तेस्रो पर्यटकिय गन्तव्य सौराहमा पर्यटन व्यवसायिको रुपमा समेत परिचित रहनु भएको छ । खनाल विधालय, वन, वफरजोन,क्षेत्रीय होटल संघ, रेडक्रस लगायत विभिन्न संघसंस्थामा रहेर सफल नेतृत्वको साथमा समाज विकासको लागि कृयासिल रहनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →