चितवन । बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको सामाना नेपालले पनि गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि कयौं मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन । भने दिन प्रतिदिन संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ । लकडाउनका कारण देशका उधोग कलकारखाना, शिक्षण संस्था, बजार पसल, यातायात सबै थप्प छन ।

अझ विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु झनै पिडामा छन । पेट पाल्न पनि धौधौ भइरहेको छ । गरिब मजदुर बर्गहरुलाई बिचरा कसले, बुझिदिने उनिहरुको पिडा । यस्तै पिडा फेरि ब्यबसायीहरुको पनि छ । गरिब किसानहरुको पनि छ । फेरि उता बिदेशमा नेपाली युबाहरुको पनि उस्तै छ । कयौं नेपालीहरु बिदेशमा काम नपाएर अलपत्र छन ।

आफ्नो देशमा रोजगारी नभएपछि रोजगारीको खोजीमा सात समुन्द्र पारी पराईको देशमा मरुभूमिमा ५० डिग्रीको तापक्रममा घाम पानी नभनी अहोरात्र खटिरहेका छन । नेपाली युबाहरु, बिचरा कसले सुनिदिने उनिहरुको चित्कार । गरिबीको कारण घरको चुहिने खरको छानो फेर्ने आशामा, आफ्नो परिवारको खुशिको लागि बिदेशीएका हाम्रा कयौं नेपाली दाजुभाइ दिदिबहिनीहरु काठको बाकसमा फर्कन्छन। बिचरा कस्तो होला रु आफ्ना छोराछोरी बाकसमा प्याक भएर आउँदा ती आमाबाबुहरुलाई । अनि कति चाहना अनि सपना थिए होलान, बिचरा ती प्रदेशीहरुको । सम्झदा पनि गहभरी आँसु अनि मन भक्कानिएर आउँछ ।

कसले जान्ने दैबको लिला, अपरम्पार छ, भनेको सायद यहि नै होला । साहुको नाममा भए भरको सम्पती सबै बन्धकी राखेर कहिलेसम्म बिदेशीने होला, हामी नेपालीहरु । आफ्नो देशमा रोजगारी त कहाँ हो कहाँ, पराईको देशमा भएको रोजगारी पनि कोरोनाका कारण छाडेर आउनुपर्ने प्रदेशीहरुलाई बाध्यता छ । नछाडौ पनि कसरी ज्यान भन्दा ठुलो अरु के नै छ र रु नेपालमा लकडाउन भएको पनि झन्डै ६ महिना बितिसकेको छ । देशको अर्थतन्त्र नै धरासायी भएको छ । जनतालाई न काम छ, न कमाउने आधार । अब जनतालाई रोगले भन्दा पनि भोकले मरिएला भन्ने चिन्ताले सताएको छ । ऋण र ब्याजले रातभरी निन्द्रा छैन, कता भोलि झिसमिसे बिहानमा उठ्ने बेला साहु पैसा माग्न दैलामा टुप्लुक्क आईपुग्ने त होइन रु भन्ने चिन्ताले जनतालाई सताएको छ । कोरोनाको महामारीमा पहुँच हुनेले त करोडौं कमाएको छ । नहुनेले बिचरा के गर्ने रु पहुँच हुनेवालाहरुले कयौं पटक निशुल्क पिसिआर गराउँछन । नहुनेले कहाँबाट गराउने । उहीँ बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं बनेको छ ।

अहिलेको परिस्थिति, कोरोनाका कारण जनताको आर्थिक अबस्था नै दयनीय बनिरहेको छ । अब बिचरा कहाँबाट तिर्ने जनताले सरकारलाई कर । जतासुकै भ्रष्टाचार अनि बेथिती छ । अस्पतालमा त्यस्तै भ्रष्टाचार छ, अब कसरी गर्ने जनताले उपचार । त्यसैले अब जनता रोगले भन्दा भोकले मर्लान जस्तो छ ।

मन परेमा शेयर गर्नुहोला,धन्यवाद !

लेखक : अजित अधिकारी
                  पत्रकार

Facebook Comments Box