रत्ननगरमा रक्तदान : १२५ जनाले दिए रगत

चितवन  । लायन्स क्लव अफ रत्ननगर र लियो क्लव अफ रोइनो रत्ननगरले सयुक्त रुपमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेका छन ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहको सो कार्यक्रममा १० जना महिला सहित १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए । उनले चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको बताए ।

रत्ननगरका मेयर वनले ७७ पटक रगत दान गरेका लायन्स क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विकर्ण कुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अबसरमा उनले रत्ननगर अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनमा आएको भन्दै रगत लिन भरतपुर धाउनु पर्ने बाध्यता हटेको बताए । लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष शिवलाल पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियो अर्पण रहेको थियो । कार्यक्रम रत्ननगर मेडिसिन सेन्टरमा गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →