मिस एरोमाद्धारा मृगौला पिडितलाइ सहयोग

रत्ननगर । मृगौला पिडित सुस्मिता ब्लोनलाइ नगद ४० हजार सहयोग प्रदान गरिएको छ । मिस एरोमा चितवन र मिष्टर एण्ड मिस चितवन एसइइ व्याच २०२० ले सुस्मिताको उपचारको लागी भन्दै सो रकम उपलव्ध गरेको हो । फरमर मिस एरोमा चितवन इशा प्रधानले नेतृत्वगदै नगद सहयोग संकलन गर्नु भएको मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताउनु भयो ।

२०१३ देखि मिस एरोमा चितवनका सहभागिहरुले समेत सुस्मितालाइ सहयोग गरेका थिए । सहयोग रकम हस्तान्तरण गदै मिस एरोमा चितवन इशा प्रधानले हिम्मत नहार्नका लागी अनुरोध गरेकी थिइन । पछिका दिनमा समेत आवश्यक परेमा सहयोग गर्ने बताइन । कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलले चितवनका सवै इभेण्ट अर्गनाइजरले सुस्मितालाइ सहयोग गर्नुपर्ने बताउनु भयो ।

मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइका सहभागीहरुले आफैले चटपट बनाएर बेचेका थिए । सो टाक्स वाट संकलन भएको रकम सुस्मितालाइ सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरणमा रेडियो चितवनका बजार प्रमुख तिलक थापा मगर, वैकर निशा प्रधान , इन्जिनियर उत्र्कष श्रेष्ठ, व्यवसायी मुक्ति घिमिरे लगायतकाले बोल्नु भएको थियो । सुस्मिता विगत ७ महिना देखि मृगौला पिडित हुनुहुन्छ । उहाको अहिले निशिुल्क डायलिस भइरहेको उहाको परिवारले बताए । यहि कारण सुस्मिता दुवै आखा गुमाएकि छिन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →