६० दिने अभियान अन्तर्गत आज भरतपुर अस्पताल क्षेत्रमा सरसफाइ

चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ३७ औँ दिन पुरा भएको छ ।

आज ३७ औँ दिन चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल बाहिरको सडकमा सरसफाइ गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

आजको कार्यक्रममा स्थानीय समाजसेबी,युवा,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक भण्डारीको जानकारी दिनुभएको छ ।

चितवनका युवा सामाजिक अभियान्ताहरुले सुरु गरेको यो ६० दिने अभियानमा पछिल्लो पटक विभिन्न क्षेत्रको समेत सहयोग प्राप्त हुने गरेको छ र स्थानिय स्तरवाट पनि सहभागीहुने संख्या वृद्धि भईरहेको भण्डारीले वताए ।

सुन्दर, शान्त र हरियाली चितवन निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान सकिय लगतै राष्ट्रियव्यापि रुपमा अर्को कार्यक्रमको घोषणा गरेर देशका हरेक ठाँउमा पुग्ने तयारी भएको भण्डारीले वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →