चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कारवाही गरिने ,क्षतिपूर्तीसहित राहत दिने ५ बुदेँ सहमति

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र कुटपिट भई मृत्युु भएका राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्तीसहित राहत दिने ५ बुदेँ सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले परिवारहरुको मागलाई सम्बोधन गर्दै ५ बुदेँ सहमति गरेको बैठकमा सहभागी नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुएको छ ।

मृतक राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई कारवाहि गर्ने, छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, घर निर्माणमा आबश्यक बनपैदावर, कच्चापदार्थ र श्रम समेत निशुल्क उपलब्ध गराउने सर्वसहमत निर्णय गरेको छ । यस्तै मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने र राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्ठी गर्ने सहमति समेत भएको उनले बताए ।

साउन १ गते चितवन निकुञ्जभित्र माछा मार्न गएका राप्ती नगरपालिका २ का राजकुमार सहित पाँच जनालाई सेनाले कुटपिट गरेको आरोप छ । सेनाको कुटपिटबाट घाइते भएका राजकुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →