प्रधानमन्त्री ओली अस्पतालमा, अवस्था सामान्य

काठमाडौ १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । मुटुको धडकन केही बढेपछि गएराति ११ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उहाँ भर्ना हुनुभएको हो ।

नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार औषधि सेवनपछि प्रधानमन्त्री ओलीको अवस्था अहिले सामान्य रहेको छ र चिकित्सकको जाँच तथा सुझावका आधारमा आज साँझसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले कामको धपेडीका कारण उहाँमा केही सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य रहेको सीआईएनसँग बताउनुभयो । फलोअपका लागि प्रधानमन्त्री अस्पताल जाने बारेमा हिजो छलफल भएको तर राति नै उहाँ अस्पताल भर्ना भएको उहाँको भनाइ छ ।

ओलीको गत फागुन ३० गते शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो र उहाँ ११ दिनमा बालुवाटार फर्किनुभएको थियो । प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दा उपचारमा संलग्न चिकित्सकले सङ्क्रमणको जोखिममा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →