लक डाउनको पालना गर्न सबैमा रत्ननगरका मेयर वनको आब्हान ( भिडियो सहित )

रत्ननगर १२ चैत्र । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कोरोना भाईरसको संक्रमण बाट बच्न सरकारले लगाएको लक डाउनको पुर्ण रुपले पालना गर्न सम्पुर्ण रत्ननगर वासी तथा आम नागरिकलाई अनुरोध गर्नु भएको छ ।

मेयर वनले आज नगरवासीलाई सम्वोधन गर्दै पछिल्लो समयमा विश्वब्यापी रुपमा महामारीको रुपमा फैलदै आएको कोभिड १९ अर्थात कोरना भाईरस बाट बच्ने सबैभन्दा राम्रो उपाए भनेको आ आफ्नो घरमा बस्ने, अरु ब्यत्ति बाट करिव ३ फीट दुरीमा रहने, सफा खाने, समय समयमा साबुनले मिचिमिचि हात धुने गर्न आवस्यक रहेकोले मेयर वनले घरमै बसेर भाईरस बाट बच्चका लागि सरकारले लगडाउन गरेकोले सो नियमको पालना गर्न अनुरोध गर्नु भएको हो ।

साथै रत्ननगर नगरपालिकाले गरेको तयारीको वारेमा समेत जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →