कोरोना विशेष अस्पतालका मृत्यु भएका युवकमा लुपस भन्ने रोग

चितवन ११ चैत्र । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका युवामा दिर्घकालिन रोगहरु समेत रहेको अस्पतालले एक विज्ञप्ति जारी गर्दै जनकारी दिएको छ ।

कोरोना विशेष अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को आशंकामा केहीदिनदेखि आइसोलेसनमा राखिएका वीरगंज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मगलबार आज ९ः३० बजे मृत्यु भएको वताएको छ ।

अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार सोमबार दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि अस्पतालकै सघन कक्ष (आइसियु) मा सारिएको थियो । उनलाई आज बिहान ९ः३० बजे मृत घोषणा गरिएको डा.अधिकारीले जानकारी दिनु भएको छ ।

ती युवामा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अधिकारीले वताए । ज्वरो र निमोनियाको लक्षण देखिएकोले कोरोना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाईएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा.अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →