आज मौसम आङ्शिकदेखि सामान्य बदली हुने

काठमाडौ ११ चैत्र । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आङ्शिक प्रभावका साथै स्थानीय वायूको समेत प्रभाव रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार हाल देशको पश्चिमी भूभागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ भने मध्य र पश्चिमका पहाडी भेगमा आङ्शिक बदली रहेको छ ।

आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भागमा आङ्शिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भागका थोरै स्थानहरूमा र मध्य तथा पूर्वका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पश्चिमी भागमा सामान्य बदली रही बाँकी भागमा आङ्शिक बदली रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →