रत्ननगरबाट विप्लव समुहका अर्का नेता पक्राउ

रत्ननगर ८ चैत्र । प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव) समुहका एक कार्यकर्ता रत्ननगरबाट पक्राउ परेका छन ।

नेत्र विक्रम चन्द (विप्लव) समुहको विधार्थी संगठन अखिल क्रान्तिकारी रत्ननगर नगर संयोजक २२ वर्षीय आक्रोश भनिने प्रबिण आचार्यलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहाले जानकारी दिनु भएको छ ।

उनको साथवाट बिप्लप समुहका विभिन्न किसिमको प्रचा पम्पलेट ,विभिन्न कार्यक्रमका तस्विरहरु, दस्तावेजहरु फेला पारेको थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहाले जानकारी दिनु भएको छ ।

यस अघि पनि प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव) समुहका रत्ननगर संयोजक गञ्ज सिं गुरुङलाई पक्राउ गरेको थियो भने अनुसन्धान समेत जारी रहेको ईप्रका टाँडीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →