चितवनमा चलचित्र कलाकार संघको टोलीलाई स्वागत

चितवन ७ चैत्र । नेपाल चलचित्र कलाकार संघको टोलीलाई स्वागत गरिएको छ । आज भरतपुरमा लक्की मिडीया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई स्वागत गरिएको हो ।

टोलीमा संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन । उनीहरुलाई लक्की मिडीया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागत पछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए । संघका महासचिव सिंहले कलाकारले देशका सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । कलाकारबाट देशलाई चिनाउन सहयोग पुग्ने भन्दै उनले उनीहरुको योगदानलाई राज्यले भूल्न नहुने बताए ।

कलाकार र चलचित्र क्षेत्रको सम्बन्ध नङ्ग र मासुको रहेकोले आम दर्शक श्रोताले नेपाली चलचित्रलाई माया गर्नुपर्ने उनको भनाई थियो । आगामी दिनमा संख्यात्मक भन्दा गुणात्मक चलचित्र बनाउन जोड दिनुपर्ने उनीहरुको धारणा थियो । केही साता अघि स्कुटर दुर्घटना परेर निधन भएकी स्वर्गीय अभिनेत्री महिमा सिलवालको परिवारलाई राहत तथा क्रिकेट रंगशाला निर्माणको लागि शुक्रबार टोली चितवन आईपुगेको हो ।

शनिबार सिलवालको परिवार लाई राहत रकम हस्तान्तरण र रंगशाला निमाणार्थ रकम हस्तान्तरण कार्यक्रम रहेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →