प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अन्य पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । कोरोनाबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →