गोर्खा समाज हंगकगको अध्यक्षमा दिल बहादुर गुरुङ्ग

काठमाडौ २ चैत्र । गोर्खा समाज हंगकगको छैटौं महाधिवेशन सम्पन्न भएको छ । गोर्खा समाज हंगकग स्थापना भए देखिनै विभिन्न सामाजिक कार्ययमा सक्रिय रुपमा लाग्दै आएको छ ।

समाजको आज भएको अधिवेशनले दिल बहादुर गुरुङ्गको नेतृत्वमा उन्नाईस सदस्य नया कार्य समिति चयन गरेको छ । जस्को विरिष्ठ उपाध्यक्षमा चित्र बहादुर थापा, उपाध्यक्षमा मन काजी श्रेष्ठ, महासचिवमा रविन गुरुङ्ग, सचिवमा काजीमान गुरुङ्ग, कोषाध्यक्षमा शान्ता घले, सह कोषध्यक्षमा प्रशाद गुरुङ्ग चयन हुनु भएको छ ।

त्यस्तै प्रवक्तामा शम्भु कार्की र महिला संयोजकमा उर्मिला घले रहनु भएको छ । भने सदस्यहरुमा पाम राज गुरुङ्ग, भिमसेन गुरुङ्ग, नन्द वहादुर राना, धना घले, ईश्वर गुरुङ्ग, याम बहादुर गुरुङ्ग, दिनानाथ बगाले, अमृत गुरुङ्ग,गुमन गुरुङ्ग, गणेश गुरुङ्ग रहुनु भएको छ ।
आजै अध्यक्ष गुरुंग लगायत नयाँ कार्यसमिति सदस्यले सपथ ग्रहण तथा पदभार ग्रहण गर्नु भएको छ ।

निर्वतमान अध्यक्ष गंगा राना लगाएत सम्पुर्ण टिमलाई भव्य सम्मानको साथ विदाई समेत गरेको अधयक्ष गुरुंङ्गले जानकारी दिनु भएको छ ।
गोर्खा समाज हंगकगले २०७२ सालका नेपालमा गएको विनासकारी महाभुकम्पबाट क्षेती पुगेका १६ ओटा विधालय पुन निमार्णमा समेत सहयोग गरेको थियो । समाजले स्वास्थ्य चौकी निर्माण,कलाकार हरुलाई सम्मान तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →