बछौलीका थारु स्टीक डान्स समुहलाई पोसाक

रत्ननगर १३ फागुन । रत्ननगर नगरपालिका वडा नं ६ ले वडा भित्रका दुई वटा थारु स्टीक डान्स समुहलाई पोसाक वितरण गरेको छ । दोरङगी थारु स्टीक डान्स समुह र बछौली थारु स्टीक डान्स समुहलाई पोसाक वितरण गरिएको वडा सचिव रमेशलाल ताम्राकारले जानकारी दिए ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष वलराम दाहालले स्टीक डान्स समुहका सदस्यहरुलाई पोसाक हस्तान्तरण गरेका थिए । सो अबसरमा अध्यक्ष दाहालले थारु समुदायको संस्कृति संरक्षण गर्ने उद्देश्यले स्टीक डान्स समुहमा आबद्ध सदस्यहरुलाई पोसाक सहयोग गरिएको बताए ।

वडा नं ६ का थारु युवाहरुले स्टीक डान्स समुह गठन गरी सौराहामा आउने पर्यटकलाई थारु संस्कृति देखाएर आम्दानी गर्दै आएका छन । युवाहरुलाई रोजगारी सृजना गर्न र संस्कृतिको संरक्षण गर्न वडा कार्यालयले सहयोग गरेको वडाध्यक्ष दाहालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →