रत्ननगरमा भेटिए ४ सय २९ जना बालश्रमिक, के गर्छन त अब सरोकारवाला ?

केदार शर्मा चितवन

चैत २१ । पुर्बि चितवनको रत्ननगरमा युनिसेफ नेपालको सहयोगमा रत्ननगर नगरपालिका कार्यलय र रत्ननगर उद्योग बाणिज्य संघद्धारा रत्ननगरमा बालबालिका अबस्था र बालश्रम गणना समबन्धी प्रतिबेदन आज सार्बजनिक गरिएको छ ।

प्रतिबेदन अनुसार चितवनको सबै भन्दा धेरै बालबालिका रत्ननगर नगरपालिकामा ४ सय २९ जना बालश्रमिकको रुपमा कार्यरत रहेको तथ्याङकमा उल्लेख गरिएको छ । कुल बालबालिका मध्य ५३ दशमलब ६ प्रतिशत बालबालिका चितवनमानै स्थायी घर भएका भेटिएका छन ।तथ्याङकलाई आधार मान्दा रत्ननगर नगरपालिका भित्रनै बसोबास गर्ने ४३ जना अर्थात १० प्रतिशत बालबालिका रत्ननगर भित्रमा बालश्रमको रुपमा कार्यरत देखिएको छ । यस्को अतिरिक्त बालबालिका छिमेकी जिल्ला धादिङ,गोर्खा,मकवानपुर, बाट १७ दशमलब १ पं्रतिशत बालबालिका रत्ननगरमा आई बालश्रममा सम्लग्न भएका छन ।
युनिसेफ नेपालद्धारा रत्ननगर नगरपालिकामा बालश्रम न्युनिकरण कार्यक्रम संचालनमा ल्याएर बालबालिकाको अबस्थाबारे जानकारि लिने उद्देश्यबाट गरिएको सर्बेक्षणबाट नगरपालिका भित्रको बालश्रमको अबस्थामा जानकारि लिएको अनुसन्धानकर्ता कपिल सुबेदीेले जानकारि दिएका छन ।
सुबेदीका अनुसार बालश्रममा रहेका अधिकांस बालबालिकाको उमेर १२ देखि १८ बर्ष समुह रहेको छ । सुबेदीले भने “१० बर्ष कम बर्ष समुहका बालबालिका १६ दशमलब ३२ प्रतिशत मात्र रेहेको छ जबकि ११ देखि १६ बर्ष समुहमा सबै भन्दा धेरै बालबालिका अर्थात ७४ दशमलब ३४ प्रतिशत बालबालिकाहरु कुनै न कुनै तबरबाट बालश्रम कृयाशिल देखिन्छ ” । साथै तथ्याङक लिदा ४ सय २९ बालबालिका मध्य ८६ बालबालिकाको उमेर थाहा पाउन नसकिएको सुबेदीले बताए । कामको प्रकृतिले हेर्दा भने १७ दशमलब ७ प्रतिशत बालबालिकाहरु घरेलु कामदारमा कार्यरत तथा ११ प्रतिशत होटलमा कार्यरत रहेका छन ।
रत्ननगर नगरपालिकालाई नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ तथा कार्यन्वन कार्यबिधि २०६८ अनुसार जारि गरी बालमैत्री स्थानीय शासन प्रणाली प्रबद्र्धनको थालनी गरेको अनूरुप रत्ननगर नगरपालिकालाई सन २०१७ सम्मा बालश्रम मुक्त नगरपालिका बनाउने लक्ष्यका साथ काम लिएको रत्ननगरनगर नगरपालिकाका कार्यकारी प्रमुख अमरनाथ ढकालले बताए ।
बालश्रम गणना प्रतिबेदन साबजनीक कार्यक्रममा रत्ननगरनगर नगरपालिकाका कार्यकारी प्रमुख अमरनाथ ढकाल।नेपाली कांग्रेसका रुपनराज घिमीरे ,नेकपा एमालेका बद्री घिमीरे, माओबादी केन्द्रका गोबिन्द बि.क., उद्योग बाणिज्य संघका सल्लहाकार नारायण वन लगाएले आँफ्नो भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस