जापानकी सरस्वतीद्धारा गामवेशीको चेपाङ संरक्षणमा सहभोजसगैँ खाद्यान्न सहयोग

चितवन ३ फागुन । पूर्वी चितवनको रत्ननगरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा जापान निवासी सरस्वती सापकोटाले आज सहभोजसगैँ खाद्यान्न सहयोग हस्तान्तरण गरेकी छिन्।
विगत लामो समयदेखि प्रवासमा रहेकी सापकोटा नेपालको बखत आफ्नी स्वर्गीय आमा कृष्णकुमारी भण्डारीको स्मृतिमा परिवारसहित केन्द्र पुगेर एक दिनको सहभोजसगैँ खाद्यान्न सहयोग हस्तान्तरण गरेकी हुन् । सो अवसरमा उनले एक हप्तालाई पुग्ने ५० हजार रुपैयाँ बराबर खाद्यान्न सहयोग केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरेकी थिइन् ।

सो अवरमा बोल्दै सापकोटाले स्थापना काल देखी नै सामाजिक उत्तर दायित्व वहन गर्दै आएको स्मरण उनले चेपाग केन्द्रमा विशेष सहयोग जारी राख्ने प्रतिवद्धता जनाईन् ।

आफ्नी स्वर्गीय आमाको इच्छा अनुसार आफुहरुले विविध क्षेत्रमा सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनले बताईन् ।

सो अवसरमा केनद्रमा सापकोटको बुबा नेत्रप्रसाद भण्डारी, श्रीमान् मुराहरी सापकोटा, सुशन सापकोटासहितको टोलीमा पुगेका थिए ।
केन्द्रका सल्लाहकार एवं प्रसिडेन्ट रेष्टुरेन्टका प्रबन्ध् निर्देशक शंकर भण्डारीको संयोजनमा आफुहरुले विभिन्न समयमा सहयोग पाएको केन्द्र अध्यक्ष केपी किरण शर्माले स्मरण गरे । लगायतले बोलेका थिए । केन्द्रमा आश्रित धादिङ, मकवानपुर र गोरखाका असहाय, अनाथ र अति गरीब परिवारका १ सय ६५ जना बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →