नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य गरिनु पर्छ : माननीय बद्री मैनाली

काठमाडौ ३ फागुन । काठमाडौंको सामाखुसीमा अवस्थित नवजीवन स्कुल तथा कलेजले ३९ औं बार्षिक उत्सव एवं अभिभावक भेला विशेष समाहारो बिच सम्पन्न भएको छ ।

नेकपा नुवाकोटका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय बद्री मैनालीको प्रमुख आतिथ्यता आयोजित कार्यक्रम नेपाल सरकारका पुर्व सचिव तुलसी प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय मैनालीले अबको शिक्षा प्रणाली व्यावासायिक र प्राविधिक हुनुपर्ने धारणा राख्नुभयो। समृद्धिका लागि शिक्षाको ठुलो महत्त्व रहेको हुँदा अहिलेको शिक्षालाई अझ आधुनिक ढंगमा बाट अगाडि बढाउन जरुरी रहेको र देशमा तीन तहको सरकार निर्माण भएपछि शिक्षामा गरिने लगानी पनि पहिलाको तुलनामा बढेको छ ।

प्रदेश सरकारले पनि शिक्षा क्षेत्रको लागी विभिन्न कार्यक्रमहरुको नीतिनिर्माणमा लागेको कुरा पनि जानकारी गराएका थिए । अब अग्रेजी शिक्षाले मात्र चेतना र जीवन स्तरमा वृद्धि नआई,अनुशासित तथा संस्कार बिधार्थीलाई सिकाउनको लागि नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य हुनुपर्ने कुरामा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →