लाइसियम स्कुलमा नविन प्रतिभाको खोजी

रत्ननगर।  रत्ननगर न.पा १ निपनीमा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलले कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुका विचमा फागुन २ गते लाइसियम प्रतिभा प्रष्फुटन प्रतियोगिता सम्पन्न गरेको छ । ४४ जना प्रतियोगीहरु सम्मिलित उक्त प्रतियोगिता ¥याम्प वाक, पचिय, प्रतिभा उजागर र प्रश्नउत्तर गरि ४ वटा विधामा गरिएको मुल्याङ्कनमा १० जना प्रतियोगिहरु विभिन्न विधामा विजेता घोषित गरिएका थिए । प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत स्पर्षा गुरुङ्ग विजेता बनेकी थिईन भने खुशी तिमिल्सिना–फष्ट रनर अप, सृष्टी ढकाल–सेकेन्ड रनर अप, अंकिता घिमिरे– उत्कृष्ठ क्याट वाक, साधना राउत– उत्कृष्ठ पोशाक, दिपा बस्नेत– उत्कृष्ट मुस्कान, लविन भुजेल– उत्कृष्ठ आत्मविश्वास, सम्वृद्धि पाण्डे – उत्कृष्ठ अनुशासन, श्रद्धा ढुङ्गाना– उत्कृष्ठ सृजनात्मकता र दिक्षा पाठक– उत्कृष्ठ व्यक्तित्व घोषित भएका थिए । विद्यालयका शिक्षक अनिल महतो र पारु चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्दै सहभागी सवैलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →