सौराहा फुड फेष्टिवलमा आज दुर्गेसको बीच बीचमा

चितवन २ फागुन । सौराहामा जारी १४ औं फुड फेष्टिवलको आज विशेष दिन हो । भ्यालेनटाइन डे अथार्त प्रणय दिवसको अबसर पारेर आयोजना गरिएकोले फेष्टिवलको आज विशेष दिन रहेको आयोजकले जनाएको छ ।

आज शुक्रवार फेष्टिवलको आयोजक संस्था रेवान सौराहाले खानाका परिकारको विविधिकरणसंगै सांस्कृतिक कार्यक्रमलाई पनि अघिल्ला दिनहरुमा भन्दा केही विशेष बनाएका छन । आज सौराहामा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । पछिल्लो समय युवामाझ लोकप्रिय बनेका गायक दुर्गेस थापाले आज सौराहालाई तताउने छन ।

हामी पनि नाच्नु पर्छ बीच बीचमा बोलको गीतले चर्चामा आएका दुर्गेसले सौराहामा पनि सबैलाई बीचबीचमा राख्ने छन । दुुर्गेसको बीच बीचमा बोलको गीतसंगै ह्यापी तिहार पोलको गीत पनि युवापंक्तिले रुचाएको गीत हो । दुर्गेसले फेष्टिवलको मञ्चमा आज एक दर्जन गीतहरु प्रस्तुत गरेर प्रणय दिवस मनाउन सौराहा आएका यगल जोडीलाई मनोरञ्जन प्रदान गर्ने छन ।

फेष्टिवलमा आज पशुपति शर्मा,सम्झना भण्डारी,शीतल शर्मा,अपेक्षा गिरी,अर्जुन सापकोटा,बलराम सरकारको जादु प्रस्तुती रहने फेष्टिवलका कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए । फेष्टिवल अन्तर्गत आजै प्रेमपत्र लेखन प्रतियोगिता र मेयर कप भलिवलको सेमीफाइनल र फाइनल खेल हुने रेवान सौराहाका महासचिव कृष्ण भट्टले जानकारी दिए ।

रेवान सौराहाले आयोजना गरेको सो फुड फेष्टिवल फागुन ३ गते सम्म चल्ने छ । भ्रमण बर्ष चालिरहेका कारण फेष्टिवल भ्रमण बर्षलाई सफल बनाउन कोसेढुंगा सावित हुने संयोजक ध्रुव गिरीले बताए । फेष्टिवल सुरु भएसंगै सौराहा आन्तरिक पर्यटककको संख्या बढेको छ ।

फेष्टिवलको कारणले सौराहामा चहलपहल बढेको व्यवसायीहरुले बताएका छन । कोरोना भाइरसका कारण केही दिन देखि सुस्ताएको सौराहाको पर्यटनमा फेष्टिवलले केही उर्जा प्रदान गरेको छ । सौराहा अहिले खाना,प्रेम र संगितमय बनेको रेवान सौराहाका रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →