‘विप्लव’ नेतृत्वको नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ

बैतडी २६ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् ।
विप्लव समूहको युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामीलाईलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

चन्दा असुली गर्दै आतंक मच्चाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला इन्चार्ज धामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका धामीको साथबाट एकथान पेस्तोल समेत बरामद गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →