रेडक्रस रत्ननगरमा रजत स्तम्भको सिलन्यास

रत्ननगर २६ माघ । नेपाल रेडक्रस सोसाइटी उप शाखा रत्ननगरमा आईतवार रजत बर्ष २०७६को अवसर पारेर रजत स्तम्भको सिलन्यास गरिएको छ ।

उप शाखाको परिसरमा निर्माण हुने रजत स्तभमा रेडक्रसका जन्मदाता जाँ हेनरी डयुनाको तस्बिर अङ्कित हुने उप शाखाका सचिव रामचन्द्र पौडेलले वताए ।


रजत स्तम्भको निर्माण भने पुर्वी चितवन भवन निर्माण व्यवसायि संघले निर्माण गर्ने गर्दिने भएको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको संघले करिव २ लाख लागतमा आगामी चैत्र १५ भित्र स्तम्भ निर्माण गरेर उप शाखालाई स्तान्तरण गर्ने योजना रहेको संघका अध्यक्ष प्रल्हाद ठाकुरले वताए ।

सिलन्यास समारोहमा रत्ननगर नगरपालिका वडा नं. २ का अध्यक्ष तिलक शर्मा पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने , रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि प्रसाद पौडेल , उप शाखाका निबर्तमान सभापति मित्रेश्वर शर्मा, हरि शरण पाठक,कार्य समिति सदस्य अनु गौतम लगायत वोल्नु भएको थियो । भने उपशाखा सभापति गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →