टाँडी र पर्सा क्षेत्रमा तीन दिन दैनिक १२ घण्टा विधुत आपुर्ती वन्द हुने

रत्ननगर १० माघ । भोलि शनिवार पुर्वी चितवनको टाँडी र पर्सा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विधुत प्राधिकरण रत्ननगर वितरण केन्द्र अन्तर्गत टाँडी र पर्सा क्षेत्रमा विधुत आपुर्ती वन्द हुने वितरण केन्द्रले एक सुचना जारीगरि जानकारी गराएको छ ।
टाँडी वितरण केन्द्र अन्तर्गतको ३३.११ के.भी. पर्सा सव—स्टेशन ६.८ एम.भि.ए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धिकरण कार्य गर्नु पर्ने भएकोले माघ ११ गते देखि १३ गते सम्म विधुत आपुर्ती वन्द रहने वितरण केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिए ।
वितरण केन्द्र अन्र्तगत चैनपुर र खैरहनी फिडर अन्र्तगत माघ ८ गते देखि १० गते सम्म दैनिक विहान ६ वजे देखि वेलुका ६ वजे सम्म दैनिक १२ घण्टा विधुत आपुर्ती वन्द गरेर मर्मत कार्य सञ्चालन भएको थियो । त्यस्तै आजवाट टाँडी र पर्सा फिडर अन्तर्गत विहान ६ वने देखि वेलुका ६ वजे सम्म विधुत आपुर्ती वन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →