नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

काठमाडौं १० माघ । लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ ।
हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो ।
नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए ।
यो समाचार लक्ष्मी सापकोटाले आजको कारोबार दैनिकमा लेखेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →