सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बझाङ, ५ माघ । बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ वर्षीया सरिता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भए पनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले जानकारी दिनुभयो ।

सिंहको पेट फुल्ने समस्या भएपछि उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएकाले तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →