आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौ २ माघ । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा बिहीबार मिनिबस दुर्घटनामा परेको छ । साे मिनीबसमा १८ नेपालीसहित २४ जना सवार थिए ।दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

राजदूत ढकालले फेसबुकमार्फत साे जानकारी दिँदै मृतकहरुको पहिचान हुन नसकेको उल्लेख गरेका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो । घाइतेहरुकाे माफराक अस्पतालमा उपचार भइरहेको छ ।बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →