रत्ननगर महोत्सव परिसरमा स्वास्थ्य शिविर तीन सयको स्वास्थ्य परिक्षण

रत्ननगर २ माघ । रत्ननगरमा यहि पुस २५ गतेवाट रत्ननगर महोत्सव सुरु भएको छ । महोत्सवमा हरेक दिन जस्तो विभिन्न संघसंस्थाले महोत्सव अवलकन कर्ताको सहजताको लागि ध्यान दिदै हरेक दिन निशुल्क औषधि सहितको स्वास्थ शिविर सञ्चालन गर्दै आएका छन् ।
स्वास्थ्य शिविर अन्तर्गत माघ १ र २ गते नाक, कान र घाँटी रोगको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोटरी क्लब अफ रत्ननगर र रोट्रयाक्ट क्लब अफ रत्ननगर संयुक्त आयोजनामा भएको शिविरमा ३०० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेलले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस