रत्ननगर महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुती,दर्शको अत्याधिक भिड

रत्ननगर १ माघ । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा पुस २५गते देखि १०औँ रत्ननगर महोत्सव सञ्चालन भैरहेको छ ।
महोत्सवमा हिजो मंगलवार ३० हजार दर्शकले महोत्सव अवलकन गरेको महोत्सवका मुल संयोजक एवं उधोग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले वताए ।
महोत्सवको सांस्कृतिक कार्यक्रम तर्फ आज चर्चित गायक÷गायिका प्रकाश सपुत, विन्दु परियार लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
आज माघेसङ्क्रान्ति समेत भएकोले महोत्सवमा दर्शकको चाप वढ्ने अध्यक्ष रेग्मीले वताउनु भएको छ ।
महोत्सव स्थलमा स्वदेशी तथा विदेशीगरि ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव माघ ७ गते सम्म टिकौलि चौरमा सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →