रत्ननगर महोत्सवमा सेल्फी डाँडाले दर्शक लोभ्याउँदै

चितवन, २९ पुस । पूर्वीचितवनको रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा विशेष आकर्षणको रुपमा रहेको सेल्फी डाँडाले दर्शकलाई लोभ्याएको छ । १०औँ रत्ननगर महोत्सवको स्टेज अगाडि रहेको सेल्फी डाँडामा फोटो खिचाउनका लागि महोत्सव अवसलोकनमा पुगेका अधिकांश दर्शक पुग्ने गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव परिसर निर्माण समिति संयोजक रघु भट्टले महोत्सव छिरेका ६० प्रतिशत व्यक्तिहरु सेल्फी डाँडामा गएर फोटो खिच्ने गरेको जानकारी दिए । चितवनमा आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज भित्रको जङ्गल सफारीमा देख्न सकिने जनावरहरु महोत्सवको सेल्फी डाँडामा राखिएको भट्टले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने तथा चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सेल्फी डाँडा निर्माण गरिएको उल्लेख गर्दै भट्टले त्यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति राखिएको जानकारी दिए । यी जनावरहरुको मूर्तिसँगै फोटो खिचाउन आउने व्यक्तिहरु धेरै उत्साही भएर जनावरको बारेमा जानकारी लिने गरेका उनले बताए । अवलोकर्ताहरुको सहजताका लागि सेल्फी डाँडामा राखिएको जनावर र चितवनमा पाइने जनावरको बारेमा जानकारी दिँदै सौराहा र चितवनको समग्र पर्यटनको बारेमा जानकारी समेत गराइने भट्टले बताए । रत्ननगर महोत्सवले आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्न सहयोग पु¥याउने हेतुले सेल्फी डाँडासहित अन्य पर्यटकीय गतिविधि महोत्सव स्थलभित्र सञ्चालन गरिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजाराम रेग्मीले बताए । उनकाअनुसार महोत्सव स्थलबाटै पञ्चकन्या सामुदायिक वनमा जीफ सफारीका लागि समेत घुम्न जाने व्यवस्था गरिएको छ । त्यस्तै पछिल्लो समय पर्यटकहरुको रोजाइमा परेको जीपलाइन सफारी समेत महोत्सव परिसरबाट सञ्चालन गरिएको रेग्मीले बताए । भरतपुरको जलदेवी सामुदायिक वनसँगको सहकार्यमा रत्ननगर महोत्सवमा जीपलाइन सफारी सुरु गरिएको रेग्मीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →