भरतपुरमा हत्यामा संलग्न ४ अभियुक्त प्रकाउ

मंसिर आईतवार।शिव शर्मा मङ्सिर स् जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा एक युवकको हत्यामा संलग्न ४ जना आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका २७ पर्साढाप स्थित अञ्जना घोलका २७ बर्षीय अविनाश महतोको हत्या गरि शव गाडिएको अवस्थामा प्रहरीले फेला पारी प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको आज पत्रकार सम्मेलनमा जानकारी गराइयो । २६ बर्षीय महतोलाई मङ्सिर १२ गते राति हत्या गरिएको अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले बताए ।
हत्या १२ गते भएको भएपनि १३ गते महत्तो हराएको सुचना प्रहरीलाई आयो । उक्त दिन प्रहरी उप निर्वाचनको तयारीमा भएको भएतापनि प्रहरी सोहि दिन देखी महत्तोको खोजिका लागि लागि परेको थियो ।” प्रमुख दान बहादुर मल्लले भने, “मंसिर १५ गते स्थानीयले मृतकको घर आसपासको एरियामा केहि भाग गाडीएको र केहि भाग देखिएको अवस्थामा सव देखिएको भन्ने जानकारी पस्चात प्रहरीले घटना स्थलमा पुगी शवलाइ निकाली पोष्टमार्टम गर्यो ।” सो अनुसन्धान कार्यको लागि मुद्धा शाखाका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङ्गको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार हत्या गरेको आरोपमा प्रहरीले मंसिर २१ गते ४ आरोपितहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा पर्साढाप बस्ने २६ वर्षीय दिपेन्द्र महत्तो, २७ वर्षीय कुमार महत्तो, २५ वर्षीय बिनोद कुमार महत्तो र २० वर्षीय बिजय महत्तो रहेका छन् ।
प्रहरीका अनुसार १७÷१८ बर्षीय बालिकालाई हत्या गरिएका अविनाश महतोले रातिको समयमा भेट्न पुगेको र प्रतिरक्षाका लागि बालिकाका आफन्तले हत्या गरेका हुन् ।
हत्याराहरु उक्त बालिकाको आफन्त भएको कारण हत्या आवेगमा आएर वा नियतबस के कारणले भएको हो त्यो भने खुल्न बांकी छ ।” प्रमुख मल्लले भने, “अनुसन्धानका लागि ५ दिनको समय थप गरि हिरासतमा राखिएको छ । अनुसन्धान प्रक्रिया जारि छ ।”
पक्राउ परेकाहरुले हत्या पनि स्विकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई मङ्सिर २१ गते पक्राउ गरेको थियो ।
मृतक महत्तोको मोबाईल फेला परेपछि यसैमा रहेका निश्चित प्रमाणका आधारमा प्रहरीले अपराधीलाई पक्राउन गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →