एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण

२२ मंसिर, काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।
कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ ।
ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्र्नुपर्ने भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।
तर त्यसविरुद्ध एनसेल सर्वोच्चमा गयो । र, अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० ९क० बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो ।
यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →