सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालयको बैठक बोलाएका हुन् ।
अर्का अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पतालमा उपचार गराइरहेका हुनाले दाहालले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।
दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली–दाहालको कार्य विभाजन भएको थियो ।
यसअघि अध्यक्ष दाहालले एक पटक मात्रै सचिवालय बैठको अध्यक्षता गरेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सिंगापुरमा उपचार गर्न गएका बेला दाहालले बैठकको बोलाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →