अपाङ्गता दिवस : रत्ननगरमा र्याली र अन्तरक्रिया

रत्ननगर । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा रत्ननगरमा सचेतना मुलक –याली तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाले आयोजना गरेको ¥याली नेपाल माविबाट सुरु भइ टाँडी बजार परिक्रमा गरी नगरपालिकामा पुगेर अन्र्तक्रिया कार्यक्रममा परिणत भएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको समस्या,उनीहरुको विकास र अधिकारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा मेयर नारायण वनले योजना तथा नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता बढाउने बताए ।
वालवालिकालाई जस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि नीति तथा योजना निर्माणमा सहभागिताको खाँचो रहेको उनको भनाई छ । मेयर वनले रत्ननगरले बनाउन संरचना अपाङ्गमैत्री हुने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले अपाङ्गता भएका व्यक्तिहरु प्रति समाज र परिवारमा सकारात्मक भावनाको विकास हुनुपर्ने बताइन ।
अपाङ्गता भएका व्यक्तिहरुलाई माया र अबसरको खाँचो छ उनले भनिन् राज्यले अबसर र परिवारले माया दिनुपर्छ । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,अपाङग समन्वय समिति रत्ननगरका अध्यक्ष इन्द्रप्रसाद चालिसे,महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →