रत्ननगर १२ मा सामुहिक कागती खेति गरिदै

अनिता अर्याल
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ मा सामुहिक कागती खेति गरिने भएको छ । फलफुल तथा तरकारी मुल्यश्रृखला विकास आयोजना अन्तर्गत वडा नं १२ मा कागती खति गरिने भएको हो ।
किसानहरुको जीवन स्तर उकास्न रत्ननगर नगरपालिकाले किसानहरुको समुह बनाएर कागती खेति सुरु गर्न लागेको वडाध्यक्ष विरबहादुर पाख्रिनले जानकारी दिए । सामुहिक कागती खेतिको बारेमा मंगलवार वडा कार्यालयमा समुह छलफल गरिएको छ ।
१५ देखि ३० जनाको समुह बनाएर कागती खेति सुरु गर्ने योजना रहेको वडाध्यक्ष पाख्रिनले बताए । कागती खेतिका लागि आयोजनाले किसानलाई तालिम,बीउ लगायत अन्य प्राविधिक सहयोग गर्ने छ । कार्यक्रममा नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले आयोजनाले गर्ने कामको वारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य निर्मला खड्का,वडा सदस्य सुकमाया विक,ठुलाकान्छा तामाङ,पशु विकास शाखा प्रमुख शालिग्राम पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष विरबहादुर पाख्रिनको अध्यक्षतामा भएको थियो । कृषि क्षेत्रको विकासको लागि रत्ननगरमा फलफुल तथा तरकारी मुल्यश्रृखला विकास आयोजनाले काम सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →