६ जना सिडिओको सरूवा, चितवनमा नारायण प्रसाद भट्टराई आउने

काठमाडौं । गृहमन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ। जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको छ भने पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ।
त्यसैगरी जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा भएका छन्।

गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →