पञ्चेबाजाको गीत हुनेवाली बुहारी सार्वजनिक (भिडियो सहित)

चितवन । चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको नयाँ पञ्चेबाजाको गीत हुनेवाली बुहारी सार्वजनिक भएको छ।
माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ। हुनेवाली बुहारी गीतमा रविन लामिछाने कै लय ,शब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवसायी नविन नेपालको निर्माणमा तयार भएको छ ।

बिश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ।
बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले खिचेका हुन। राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →