ग्रेट एफ.एम.मा रामेश्वर रिजाल निर्वाचित

१५ मंसिर, खैरहनी । पुर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एमको अध्यक्षमा रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे । रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा भने सर्वसम्मत चुनिएका छन । उपाध्यक्षमा भरत पाठक, सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा राम शरण बर्तौला र सदस्यहरुमा कृष्ण जंग श्रेष्ठ, धर्मराज खनाल, लक्ष्मण सापकोटा सर्वसम्मत चयन भएका छन । नवनिर्वाचित अध्यक्ष रिजालले रेडियो पुर्ण रुपमा समुदाय र श्रोतालक्षित रहने भन्दै अगामी दिनमा नयाँ रणनितिका साथ अघि बढ्ने बताए । एफएम बिगत ६ बर्षदेखि खैरहनी नगरपालिका ८ बाट प्रसारण हुदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →