बिस्कुट उत्पादक कम्पनी खजुरिको नेपालले गर्यो महिलाहरुको चरम श्रम शोषण, श्रमीकहरु आन्दोलनमा

महेश पाण्डे
चितवन २६ कार्तिक । बिस्कुट उत्पादक कम्पनी खजुरिको नेपाल प्रा।लीले आफ्ना श्रमीक महिलाहरुको चरम श्रम शोषण गर्ने गरेको पाईएको छ । खैरहनी–५ मा रहको बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमीकहरुले आफुहरुलाई कम्पनीले चरम श्रम शोषण गरेको भन्दै आन्दोलित भएपछि सोकुरा खुलेको हो । खजुरिको कम्पनि देशकै नाम चलेको कम्पनीमा पर्दछ । जसले भिटामिन, ग्लुकोज, चोकोज चोको, टायल कुकीज, चेरी कुकीज नाम राखेर बजारमा बिस्कुट उत्पादन गरि बिक्री बितरण गर्ने गर्दछ ।

कम्पनीमा काम गर्ने सबै कामदारहरु महिला मात्रै हुने गरेको आन्दोलनमा सहभागी रत्ननगर–१६ कि ईन्दिरा देवकोटाले नेपालीको आवाज डटकमलाई जानकारी दिईन । उनले २६७ जना महिला श्रमीक मध्ये १४२ जना आन्दोलनमा रहेको बताउदै केहिलाई कम्पनीका सुपरभाईजरले जबरजस्ति काममा लिएर गएको बताईन ।

आन्दोलनमानै रहेकी रत्ननगर–१४ कि लक्ष्मि रानाभाटले कम्पनीले तिन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर महिलाहरुलाई काममा लगाएको भएपनि दैनिक १२ देखी १४ घण्टासम्म उभिएर घोटाएर काममा लागाउने गरेको तर तलब भने बिभीन्न बहाना बनाई थोरै दिने गरेको बताईन । हाल सो कम्पनिमा खैरहनी, रत्ननगर, राप्ति नगरपालिकाका महिलाहरुले काम गर्ने गरेको पाईएको छ ।

आन्दोलनमा उपस्थित सबैले शुरुमा एग्रीमेन्ट पेपर पनि हेर्न नदिई हस्ताक्षर मात्रै गराई काममा लगाउने र तलब १३ हजार ५ सय रुपैया तलब भन्ने तर तलब दिदा भने ९ हजार मात्रै दिने गरेको जानकारी दिए । रत्ननगर–४ कि छायां चौधरीले लगातार १२ देखी १४ घण्टा उभिएर काम गर्दा कोही बेहोसनै हुन्छन तर कम्पनीले अस्पताल पनि नलाने गरेको बताउदै बिरामी बिदा, क्रिया बिदा समेत नपाउने गरेको बताईन ।

आन्दोलनरत सबै महिलाले आफुहरुलाई कामलगाउने सुपरभाईजर सबै महिलानै भएपनि कामदार भनेर साह्रैनै हेप्ने गरेको बताए । सुपरभाईजरहरुले कम्पनीमा महिला श्रमीकहरुलाई हदै सम्मको ज्यादती गर्ने गरेको आरोप लगाए ।
हाल सो कम्पनीमा सुपरभाईजरको रुपमा समिक्षा रिजाल, बिना गुरुङ, अनु चौधरी, मिरा घिमीरे, गंगा बुढाथोकी, आयुषा घिमीरे, शर्मिला न्योपाने लगाएतको रहेको र उनिहरुले महिला कामदारहरुलाई हेप्ने गरेको आन्दोलनरत महिलाहरुले जानकारी दिए ।

उनिहरुले सो कम्पनीका महा प्रबन्धक सुर्य प्रसाद न्यौपानेलाई आफ्ना मागको बारेमा जानकारी गराउदा बरु काम छोड्न भन्ने गरेको जानकारी दिए । हामीले यो बिषयमा महा प्रबन्धक न्यौपानेलाई कम्पनीमानै भेट्न खोज्दा भित्र छिर्न दिएनन भने हामीले उनलाई गरेको फोन रिसीभपनि गरेनन । त्यसपछि हामीले उनलाई म्यासेज पनि गर्यौ तर सोको जवाफ पनि उनले दिएनन । यसको अर्थ पनि हामीलाई लाग्छकि समस्या कम्पनिमानै छ र सो कुरा बाहिर आउछ भनेर उनले हामीलाई वेवास्ता गरे ।

आन्दोलनरत महिलाहरुले भने आफुहरुले राखेको माग पुरा नभएको कारणले गर्दा आईतबार दिउसो ३ बजेदेखी आन्दोलनमा उत्रिएको बताए । उनिहरुको माग नेपाल सरकारले श्रम एनमा तोके अनुशारको सेवा सुविधा हनुपर्ने रहेको छ ।
महिलाहरुको आन्दोलनमा साथ दिन आएका रत्ननगर जिफण्डका संयोजक शंकर खनालले भने “उद्योग सञ्चालन गर्ने सञ्चालकले कम्तिमा पनि श्रम एैनले तोकेको सेवा, सुविधा मजदुर तथा कर्मचारीहरुलाई दिनुपर्छ अनिमात्रै कम्पनी सञ्चालन गर्न पर्छ भन्ने कुरा उद्योगपतिले बुझ्नुपर्छ ।”

समग्रमा हेर्दा खजुरिको प्रा।ली राष्ट्रिय स्तरको कम्पनी भएपनि कामदारलाई भने ज्यादती गर्ने गरेको आन्दोलनरत महिलाहरुको कुरा सन्दा प्रष्ट हुन्छ । तसर्थ यसको समाधान चाडो भन्दा चाडो होस भन्ने तर्फ सरोकारवाला लाग्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →