अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

लहान, २२ कात्तिक /आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । यस्तै गाँजा फँडानी अभियान शुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका– १२ मा स्थानीयवासीहरूले करीब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी गरेको प्रहरीले जनाएको छ । (रासस) ः

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →