अजिङ्गर भेटियो

सप्तरी, १३ कात्तिक/जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । (रासस)

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →