ज्ञानेन्द्र बहादुर शाहीको कार्यक्रम बिथोलियो

चितनव ११ असोज । ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)को कार्यक्रम चितवनमा बिथोलिएको छ । । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भनिने शाहीलाई चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका बेला स्थानिय युवाहरुद्वारा कार्यक्रम विथोलीदिएका हुन्
स्थानिय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बिरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् ।
स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने तनावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →