जीवन र मृत्युको दोसाँधमा चितवनकी ६ बर्षिया बालिका र सहयोगका लागी बाबु ,आमाले गरे अपिल

सुनिता लामा
चितवन १० असोज । चितवनकी ६ बर्षिया बालिका हाईड्रोसेफल्स ९मस्तिष्कमा जमेको पानी० रोगले ग्रसित हुँदा जीवन र मृत्युको दोसाँधमा छिन । उपचारत बालिका आशा अधिकारीको औषधी उपचारका लागी उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा जति उपचारमा सकिएपछि अधिकारी परिवार सहयोगी हातहरुको खेजीमा भौतारि रहेका छन ।

जन्मीएको ३ बर्षमा यो रोग लागेको उनि अहिले बोल्न,हिँड्न नसक्ने गरि शारिरीक रुपमा पूर्ण अशक्त भएकी छन । विगत ३ बर्ष देिख छोरीको जीवनको भीख माग्दै सहयोगका लागी हात पैmलाउदै हिँड्दा अहिले सम्ममा जम्मा रु ४ लाख जम्मा भएको बिरामी बालिकाको बाबु रामु अधिकारी बताउछन। सहयोगको नाममा कतिपय मिडयाकर्मी र पत्राकारहरुले ब्यापार गरेको भन्दै दुःख पोख्छन। “धेरै आए आफु पत्रकार भन्दै फोटो खिचे,भिडीयो बनाएर लगे तर सहयोग कतै बाट आएन। ”,उनि भन्छन,सबैबाट यसरी निरासा आईपर्दा श्रीमती छोरीलाई लिएर नारायणी नदिमा गएर हाम फालेर मर्छु भन्छे । ”

उनका अनुसार,हालसम्म उपचारका लागी ५ लाख खर्च भैसकेको र छोरीको उपचारका लागी रु २०,२५ लाख लाग्ने अस्पतालले बताएको छ । खैरहनी नगरपालीका वाड नं ३ मा विगत ५ बर्ष देखि अस्थायी बसोबास गर्दै आएका अधिकारी परिवारको आर्थीक अवस्था निकैनै कमजोर छ । साहुको १३ कट्ठा जग्गा बर्षको ३० हजार का दरले भाडामा लिएर खेति गर्दै आएका उनको ५ जनाको परिवार सोही जग्गामा सानो टहरामा बसोबास गर्दै आएका छन।

खेतबारीको उपजले बिहान बेलुकीको गाँसबास मात्रै ठिक्क हुने अतिनै निम्न वर्गीय उनको परिवारलाई २५ लाख जोहो गर्न सकस परेको छ । टिचीङ अस्पताल, विर अस्पताल लगायत नेपालका विभीन्न अस्पताल धाए पनि स्वास्थ्यमा सुधार देख्न नसकीए पछि चिकीत्सकले शल्यक्रियाको विकल्प नभएको उनले बताए । हालसम्म रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले रु ५,५ हजार सहयोग गरेको तर कुनै संघ संस्थाले सहयोग नगरेको गुनासो गरेका छन ।

बालीकाकी आमा सिता अधिकारीको नाममा एस बी आई बैंक, कुलेश्वर शाखाको खाता नम्बर २१५१५२४१४०२३६१ मा सहयोग स्वरुप रकम जम्मा गरि वा ९८४२६३१०४० र ९८०६८०३६३१ मा सम्पर्क गरेर सहयोग गरि छोरी बाचाईदिन अधिकारी दम्पतिले अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →