पर्यटन दिवसमा सौराहा आएका पर्यटकलाई भजन चुड्का र थारु नाँचले स्वागत

चितवन १० असोज । विश्व पर्यटन दिवस चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा विविध कार्यक्रम गरि मनाईएको छ । ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने मुल नारासहित ४० औँ विश्व पर्यटन दिवसमा मुलुकको तेश्रो पर्यटकीय जिल्ला चितवनमा विमानस्थलबाट आएका देखी पर्यटक बसमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भव्य स्वागत गरिएको हो ।

पहिलो पटक चितवन आइपुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सौराहाको बसपार्कमा सौराहाको क्षेत्रिय होटल संघ सौराहा सहितका एक दर्जन बढी संघसंस्थाको सहभागीमा स्वागत गरेको संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

चाईनिज र भारतीय गरि २० जना पर्यटकहरुलाई संघका अध्यक्ष दिपक भट्टराई, बामरा वनका अध्यक्ष जीतु तामागं, प्रथम उपाध्यक्ष रामणि खनाल, उपाध्यक्ष अञ्जनकुमार पाण्डे, महासचिव गुणराज थपलिया, कोषाध्यक्ष मधव दुवाडीले फुलमाला, अबिर तथा खाता ओढाएर स्वागत गरेका थिए ।
पहिलो आएका ति पर्यटकहरुलाई जीप सफारीसहित भजन चुड्का र थारु संस्कृतिको नाँचसहित सौराहा नगरी परिक्रममा गराएको थियो ।
सोही अवसरमा सौराहामा दैश तिहार र छव पर्वका अवसरमा आउने पर्यटकहरुलाई होटल तथा रेष्टुरेन्टमा १५ प्रतिशत छुट व्यस्था गरेको क्षेत्रिय होटल संघका कोषाध्यक्ष कोषाध्यक्ष मधव दुवाडीले जानकारी दिए ।

सो अवसरमा व्यवसायीहरुले सौराहामा दिगो पर्यटन विकास गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए । चितवनमा बार्षिक साढे दुई लाख पर्यटक आउने गरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →